काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ।
नवगठित एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक असोज ५ गते विहान ११ बजेका लागि बोलाइएको केन्द्रीय कमिटी सदस्य मेटमणि चौधरीले बताए।
उनले भने, ‘नयाँ पार्टी बनेको छ । पार्टीको जिल्ला नेतृत्वको जिम्मेवारी तोक्नु छ । जनवर्गीय सङ्गठन बनाउन छ । यी यस्तै विषयमा निर्णय लिन बैठक बोलाइएको हो ।
निर्वाचन आयोगले भदौ ९ गते पार्टी दर्ता प्रमाणपत्र उपलब्ध गराएपछि पहिलो पटक बैठक बस्न लागेको हो।
नेकपा एमालेका ५६ केन्द्रीय सदस्य र ३० सांसदले निर्वाचन आयोगमा सशरीर उपस्थित भई नयाँ दलका पक्षमा सनाखत गरेका थिए। एमालेबाट विभाजित भएर माधव कुमार नेपालको अध्यक्षतामा एकीकृत समाजवादी पार्टी गठन भएको हो।