काठमाडौं – आज आश्विन सङ्क्रान्ति, विश्वकर्मा पुजाको दिन । आज आफ्ना सवारीसाधन तथा कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ ।

हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । हिन्दु धर्मशास्त्रमा उल्लेख भए अनुसार समुद्रमन्थनबाट निस्किएका मानिने विश्वकर्माले नै देवताका हातहतियार बनाएको विश्वासका साथ यो पर्व मनाइन्छ ।

आज नयाँ सवारीसाधन किन्नेहरुले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधनको पूजा गर्ने गर्दछन् । काठमाडौँका भद्रकाली, दक्षिणकालीलगायत मन्दिरमा भइ दर्शनार्थी पूर्जा आरधना गर्दछन् ।

विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजाआराधना गर्ने प्रचलन छ । यसपटक कोरोना संक्रमण जोखिम कायमै रहेकाले धेरै भीडभाड नगरि स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न सरकारले आग्रह गरेको छ ।

वास्तुशास्त्री, इञ्जिनीयर, कालीगढहरु आदिले यो दिवस मनाउँछन् । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।

सम्बन्धित खबरहरु