नेपाली बजारमा आज असोज १ गते सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

महिनाको पहिलो कारोबारको दिन समेत रहेको शुक्रबार सुनको मूल्यमा अधिकतम १४०० रुपैयाँले गिरावट आउँदै ८९ हजार १०० रुपैयाँ कायम भएको हो ।

जबकी गत बिहीबार बजारमा सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत तोलामा १४ सय रुपैयाँले नै सस्तिँदै ८८ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो पनि बजारमा सुन प्रतितोला ७०० रुपैयाँले घटेको थियो।

यस्तै, यता चाँदीको मूल्य समेत आज तोलामा ३० रुपैयाँले सस्तिँदै एक हजार १७० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित खबरहरु