काठमाडौं – चीनबाट सरकारले थप ४४ लाख डोज भेरोसेल खोप ल्याएको छ ।

शुक्रबार दिउँसो २ बजे नेपाल एयरलाइन्सको जहाज खोप लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।

निगमको वाइडबडी—३३० जहाज बिहीबार खोप लिन नेपालबाट बेइजिङ गएको थियो । सरकारले चीनबाट पछिल्लो समय खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख मात्र आएको थियो ।

स्वास्थ्य विभाग अन्तर्गतको खोप शाखा प्रमुख डा। सागर दाहालले अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको जानकारी दिए ।

जसमध्ये ५० लाख डोज खोप सरकारले खरिद गरेको हो भने बाँकी खोप विभिन्न देशबाट अनुदानमा आएको हो । अहिलेलाई चीनबाट ४४ लाख डोज खोप आएको र थप खोप पनि ल्याउन कुराकानी भइरहेको जनाइएको छ ।

सम्बन्धित खबरहरु