पछिल्लो २४ घण्टामा देशभर १५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १३५१ जना संक्रमणमुक्त भएका छन् । यस्तै थप १० जनाको मृत्यु हुँदा मृतकको कुल संख्या ११ हजार १२ पुगेको छ ।

यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८३ हजार ७५ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ६५९ जना पुगेको छ । सं

क्रमितमध्ये हालसम्म ७ लाख ४६ हजार ५६६ जना निको भएका छन् । हाल देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित खबरहरु