काठमाडौं – संविधान दिवसको अवसरमा विभिन्न कसुरमा कैद भुक्तान गरिरहेका ५३१ जनाको कैद सजाय मिनाह हुने भएको छ।

मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुको कैद सजाय मिनाह गरेको राष्ट्रपति कार्यालयले शनिबार विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

मन्त्रिपरिषद्को भदौ २९ गतेको बैठकले कैद सजाय मिनाह गर्ने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

भोलि आइतबार देखि लागू हुने गरी हर्कबहादुर राईसमेत ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरिएको राष्ट्रपति कार्यालयद्वारा विज्ञप्तिमा उल्लेख छ ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४, ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३, श्री सर्वोच्च अदालतबाट रिट नं. ०७६-WO-०९३९ को मुद्दामा मिति २०७७/४/१९ मा भएको परमादेशको आदेश, मुलुकी अपराधसंहिता, २०७४ तथा बालबालिकासम्बन्धी ऐन, २०७५ र फौजदारी कसुर (कैदकट्टा) नियमावली, २०७६ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/५/२९ गतेको सिफारिसमा मिति २०७८/६/३ गतेबाट लागू हुने गरी हर्कबहादुर राईसमेत ५२३ (पाँच सय तेइस) जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी संविधान दिवस, २०७८ को अवसरमा माफी मिनाहा भएको छ,’ राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित खबरहरु