मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (आइतबर बिहान) मौसम देशभर सामान्यतया सफादेखि आंशिकसम्म बदली छ। तत्काल कतै पानी परेको छैन।

महाशाखाका अनुसार दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य (७५ प्रतिशत बादल, बाँकी खुलेको) बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस्तै राति मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही प्रदेश नं १ , बागमती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

साथै यसत्र क्रममा प्रदेश नं १ , बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

सम्बन्धित खबरहरु