प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा कार्यसूचीमा प्रवेश गराएका छन् ।
लगातार एमाले सांसदहरूको नाराबाजी भएपछि महत्वपूर्ण विधेयक र अध्यादेश पेस हुन नपाएपछि सभामुख सापकोटाले बैठकमा कार्यसूचीमा प्रवेश गराएका हुन् ।
एमाले सांसदको नाराबाजीबीच नै विनियोजन विधेयक पारित गर्ने गरी बैठकलाई सभामुख सापकोटाले अघि बढाइरहेका छन् ।
नेमकिपा सांसद प्रेस सुवालले विनियोजन विधेयक २०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालय शीर्षकका खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीका प्रस्ताव पेस गरेका छन् ।
सुवालले सो प्रस्ताव प्रस्तुत गरिरहँदा पनि एमाले सांसदहरूको नाराबाजी चलिरहेको छ ।