प्रतिनिधि सभामा प्रस्तुत भएको बजेटको तीनवटै विधेयक पास भएको छ।
अध्यादेशमार्फत आएको बजेटलाई संशोधन गर्न आएको प्रतिस्थापन विधेयक बजेटको नै अंग हुने गरी बजेट पास भएको हो।
आज प्रतिनिधिसभा सुरु भएको दफाबार छलफलपछि विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधयेक र आर्थिक विधेयक पास भएको हो।
अर्थमन्त्री जनार्दन शर्माले तीनवटै विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
उक्त छलफलमा सांसद प्रेम सुवालले स्वास्थ्यमा जोखिम हुने वस्तु बन्द गर्नुपर्नेलगायतका विषयहरु उठान गरेका थिए।
तर प्रतिनिधिसभाको बहुमत सदस्यबाट तीनवटै विधेयक पास गर्ने निर्णय भएको सभामुखले निर्णय सुनाएका थिए।