राष्ट्रिय सभामा प्रतिनिधि सभा बैठकबाट पारित भई सन्देशसहित पठाइएको विनियोजन विधेयक अर्थात् चालू आर्थिक वर्षको बजेट पेश भएको छ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाले सभाका सचिव राजेन्द्र फुँयाललाई आजको बैठकमा बजेट पेस गर्न अनुमति दिएका थिए। सोसँगै फुँयालले पेस गरेको बजेट राष्ट्रियसभामा टेबल भएको हो।

राष्ट्रिय सभा बैठकको प्रारम्भमा बोल्दै नेकपा(एमाले)का तर्फबाट राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सरकारले लोकतन्त्र र पार्टीहरुलाई कमजोर बनाउनका लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको र अध्यादेश लागु गराउनका लागि सभामुखको भुमिका हुनु गलत भएको बताए ।

उनले नेकपा(एमाले)ले कारबाही गरेका सांसदहरुको सूचना सभामुखले हालसम्म टाँस नगरेको भन्दै राष्ट्रिय सभा बैठकको अवरोध जारी राख्ने बताए ।

बजेट टेबल भएसँगै आज बसेको राष्ट्रियसभाको बैठक स्थगित भएको छ। विपक्षी दलका सांसदहरुले बैठकमा विरोध जनाएपछि १५ मिनेटको लागि स्थगित भएको हो।

सम्बन्धित खबरहरु