काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा सम्भावना रहेको मौसमविद्ले जानकारी दिए ।

अन्य प्रदेशका थोहल्कादेखि मध्यम वर्षाको सम्भावना रै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित रहेको छ ।

“काठमाडौंमा विहानदेखि वर्षा भइरहेको छ । दिउँसो केही समय मौसम खुले पनि साँझपख काठमाडौंमा पुनः पानी पर्ने छ, पानी परे पनि भारी वर्षाको सम्भावना भने छैन, मध्यम वर्षा हुने छ ।”

आज राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

वर्षाको सम्भावना रहेकाले उक्त स्थानका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले अनुरोध गरेको छ ।

सम्बन्धित खबरहरु