काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्।

आसन्न महाधिवेशन, मन्त्रिपरिषद् विस्तार तथा पार्टीको आन्तरिक गतिविधिको विषयमा छलफल गर्न उनले आज (बुधबार) का लागि बैठक बोलाएका हुन्। बैठक दिउँसो ३ बजे सभापति निवास बूढानीलकण्ठमा बस्दै छ।

बैठकमा मन्त्रिपरिषद् विस्तार र महाधिवेशनका विषयमा छलफल हुने देउवाको सचिावालयले जनाएको छ।

मंगलबार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको थियो।

देउवा नेतृत्वमा सरकार बनेको लामो समय बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसक्दा सर्वत्र आलोचना भइरहेको छ।

सम्बन्धित खबरहरु