हाल देशभर मौसम आंशिक देखि सामान्य सम्म बदली छ र लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो (बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्म) मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म् वर्षा हुने सम्भावना छ।

यस्तै राति पनि मौसम देशभर आंशिकदेखि सामान्यसम्म् बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।

मौसमविद्का अनुसार मौसम अनुमान ८० देखि ९० प्रतिशतसम्म मिल्छ। कहिलेकाहीँ वर्षा भनिएको समयभन्दा एक/दुई घण्टा अघि वा पछि हुन सक्छ।

सम्बन्धित खबरहरु