काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीले पदाधिकारी चयन गरेको छ।

बिहीबार विहान एकीकृत समाजवादीका शीर्ष नेताहरुको बैठकले पदाधिकारी चयन गरेको हो। अब यी नामलाई जारी केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ।

अध्यक्ष माधव नेपाल रहने पार्टीको वरिष्ठ नेतामा झलनाथ खनाल रहने यसअघि नै टुंगो लागिसकेको छ। हाल जारी केन्द्रीय कमिटी बैठकबाट चार उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन गरिएको हो।

यसैगरी महासचिवमा डा बेदुराम भुसाल चयन भएका छन् भने उपमहासचिव डा विजय पौडेल, डा गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन्।

सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठ चयन भएका छन्।

सम्बन्धित खबरहरु