काठमाडौं – राष्ट्रिय सभा बैठक स्थगित भएको छ।

शुक्रबार विहान बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सदस्यहरुले बिरोध जारी राखेका थिए।

बैठक सुरु हुनासाथ प्रतिपक्षी नेकपा एमालेका सांसद खिमलाल भट्टराईले आफूहरुले उठाएका विषय र मुद्दा यथावत रहेकोले आफूहरुको बिरोध जारी रहने बताएका थिए।

उनले यसो भनेसँगै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले आसन ग्रहण गरे सभालाई सुचारु गर्न भन्दै बस्न आग्रह गरेका थिए तर एमाले सांसदहरुले बिरोध जारी राखेका थिए।

पहिलो बैठक १० मिनेटका लागि स्थगन भएपछि आजै दोस्रो बैठक बसेको थियो। बैठक असोज ११ गते सोमबार बस्नेछ।

सम्बन्धित खबरहरु