काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य ६०० ले घटेको छ । छापावाल सुन बिहीबार ८९ हजार ६०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५ सय ५० कायम गरिएको छ । तेजाबी सुन बिहीबार प्रतितोला ८९ हजार १ सय ५० मा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको मूल्य बिहीबारका तुलनामा आज प्रतितोला ५ रुपैयाँले बढेको छ । चाँदी बिहीबार प्रतितोला एक हजार १ सय ५५ मा कारोबार भएकामा आज एक हजार १ सय ६० तोकिएको हो ।
अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७ सय ५१ दशमलव ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।