काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ। आज दिउँसो ३ बजेका लागि बोलाइएइको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको हो।
माओवादीले आगामी पुस ११, १२ र १३ गतेका लागि पार्टीको राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको छ। त्यसैको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको स्थायी समिति सदस्य गणेश साहले बताए।
बैठकमा राष्ट्रिय सम्मेलनको तयारीको मोडलका विषयमा छलफल हुने भएको छ। बैठकमा पार्टीको भेला सम्मेलन,संगठन विस्तार,सदस्यता नविकरण लगायत विषयमा छलफल गरिने उनले बताए।
बैठक बुधबार विहान ११ बजे बस्ने गरि स्थगित भएको छ। यस्तै बुधबार मन्त्रिपरिषद् विस्तार हुने भएकाले त्यससम्बन्धी छलफल पनि हुने साहले बताए।