मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली छ भने एक/दुई स्थानमा वर्षा भइरहेको छ।

मौसमविद्का अनुसार आंशिक बदली भनेको थोरैजसो आकाशमा बादल लाग्नु र धेरैजसो भागमा नलाग्नु हो भने सामान्य बदली भनेको थोरै मात्र आकाश खुला रहनु अर्थात् धेरैजसो आकाश बादलले ढाक्नु हो।

मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस्तै राति मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

बिहीबार र शुक्रबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित खबरहरु