नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गरेका छन् ।  हिमालयन एयरलाइन्सको जहाजबाट पूर्वमन्त्री पुन बुधबार बिहान ७ बजे थाइल्यान्डको राजधानी बैंककतर्फ लागेका हुन्।

पूर्वअर्थ/ऊर्जामन्त्री एवं माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज पुन नेपालका वरिष्ठ चिकित्सकहरूको सल्लाहबमोजिम थप उपचारका लागि बैंकक गएका हुन्। साथमा पूर्वसभामुख तथा नेता पुनकी पत्नी ओनसरी घर्ती पनि छन्।

चिकित्सकका अनुसार पुनलाई जन्डिसको वंशानुगत समस्या छ। सुमेरु अस्पतालमा उपचार गराइरहेका पुन थप उपचारका लागि बैंकक गएका हुन्।

जन्डिसबाट पीडित पुनको स्वास्थ्यमा खासै सुधार भएको थिएन । ​जन्डिसको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिएका थिए । यसअघि २०७२ सालमा पनि उनको बैंककमै उपचार भएको थियो ।

नेता पुनका स्वकीय सचिव सन्तोष पुनले अध्यक्ष प्रचण्डलगायतका नेताहरूको सल्लाहपछि उनको थप उपचार थाइल्याण्डको बुरमुङगार्ड अस्पतालमा गरिने जानकारी दिए ।

सम्बन्धित खबरहरु