नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संगठनात्मक अराजकतालाई परास्त गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्ने आव्हानसहितको राजनीतिक प्रतिवेदन तयार पारेका छन् । ४४ पृष्ठमा समेटिएको ओलीको प्रतिवेदन शुक्रबार सुरु भएको विधान महाधिवेशनमा प्रस्तुत भएको छ ।
मुलुकभित्र राजनीतिक अवस्था, अन्तराष्ट्रिय परिस्थिति, पार्टीको भावी कार्यदिशा लगायत समेटिएको प्रतिवेदन ओलीले पढेर सुनाएका थिए । महाधिवेशन हलमा केहीबेर ओली आफैले पढेको उक्त प्रतिवेदन रुघाखोकीले सताएपछि उनले नेता शंकर पोखरेललाई पढ्न लगाएका थिए ।
यसअघि ओलीले महाधिवेशनमा पेश गर्न केन्द्रीय कमिटी र स्थायी कमिटीमा तयार पारेको प्रतिवेदन ६९ पृष्ठ लामो थियो । तर महाधिवेशनमा पेश गरेको प्रतिवेदन भने घटाएर ४४ पृष्ठमा सिमित गरिएको छ ।
अध्यक्ष ओलीले पार्टी विभाजन गर्न सर्वोच्च अदालत, निर्वाचन आयोग र सभामुखले समेत सहयोग गरेको बताएका छन् ।
अध्यक्ष ओलीले विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै एमाले विभाजनका प्रयास रोक्न आफूले हदैसम्म लचिलो बनेको पनि उल्लेख गरेका छन् ।
ओलीले प्रस्तुत गरेको ५७ पृष्ठको राजनीतिक प्रतिवेदनमा राष्ट्रिय, अन्तर्राष्ट्रिय र पार्टीभित्रको आन्तरिक विषयाको विस्तृतमा व्याख्या गरिएको छ । १० बुँदे सहमतिको पृष्ठभूमी केलाउँदै माधव नेपालको पार्टी विभाजन प्रयासमा साथ नदिने सबैलाई विशेष धन्यवाद र स्वागत पनि गरिएको छ । यस्तै अध्यक्ष ओलीले नेकपाको एकता प्रचण्डले तोडेको समेत बताएका छन् ।
यस्तै एमालेबाट बाहिरिनेहरू फुटपरस्त र संगठनात्मक अराजकता फैलाउनेहरू भएको ओलीको भनाई छ । उनले एमालेविरुद्ध संगठित प्रहार सुरु भएको पनि बताए । ‘केही व्यक्तिहरू बाहिरिएका छन् । संगठनात्मक अराजकता र फुटलाई उनीहरूले प्रश्रय दिएका छन् । एमालेविरुद्ध संगठित प्रहार सुरू भएको छ’, ओलीले भने ।
ओलीको राजनीतिक प्रतिवेदनको पूर्णपाठ :