काठमाडौं – नेकपा एमालेको प्रथम विधान महाधिवेशन आज पनि जारी रहने भएको छ । ललितपुरको सनराइज सम्मेलन केन्द्रमा शुक्रबारबाट सुरु भएको विधान महाधिवेशनको दोस्रो दिन आज समुहगत छलफलबाट प्रारम्भ हुनेछ ।

छलफलको लागि विभिन्न समूहलाई विधान महाधिवेशन स्थल गोदावरीस्थित ‘सनराइज सम्मेलन केन्द्र’मा छुट्टाछुट्टै स्थानको व्यवस्था गरिएको छ। समूहगत छलफलका लागि बिहान साढे ८ बजेदेखिको समय निर्धारण गरिएको छ। दिउँसो २ बजे महाधिवेशनको पूर्ण सत्र सुरु हुनेछ। समूहगत छलफलको निष्कर्ष त्यहाँ प्रस्तुत हुनेछ।

दस्तावेजहरुमाथि छलफलका लागि प्रदेश १ को समूहको सहजीकरण सुवास नेम्वाङ र भीम आचार्यले गर्नेछन्। देवराज घिमिरेले अध्यक्षता गर्नेछन्। प्रदेश २ को समूहको सहजीकरण सत्यनारायण मण्डल र रघुवीर महासेठले गर्नेछन्।

अध्यक्षता ज्वाला साहले गर्नेछिन्। यस्तै, बागमती प्रदेश समूहको सहजीकरण अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा ‘बादल’ ले गर्नेछन्। अध्यक्षता आनन्द पोखरेलले अध्यक्षता गर्नेछन्।

गण्डकी प्रदेश समूहको सहजीकरण पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङले गर्नेछन्। अध्यक्षता जगत विश्वकर्माले गर्नेछन्। लुम्बिनी प्रदेश समूहको सहजीकरण विष्णु पौडेल र शंकर पोखरेलले गर्नेछन्। अध्यक्षता लिला गिरीले गर्नेछन्।

कर्णाली प्रदेश समूहको सहजीकरण युवराज ज्ञवाली र यामलाल कँडेलले गर्नेछन्। अध्यक्षता गोरखबहादुर बोगटीले गर्नेछन्। सुदूरपश्चिम प्रदेश समूहको सहजीकरण भीम रावल र लेखराज भट्टले गर्नेछन्। अध्यक्षता कर्ण थापाले अध्यक्षता गर्नेछन्।

उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र प्रवास क्षेत्रबाट आएकाहरुको समूहको सहजीकरण छविलाल विश्वकर्मा र राजन भट्टराईले गर्नेछन्। अध्यक्षता सुजिता शाक्यले गर्नेछिन्। जनसंगठनहरुको समूहको सहजीकरण गोकर्ण विष्ट र टोपबहादुर रायमाझीले गर्नेछन्। अध्यक्षता सुनिता बरालले गर्नेछिन्।

यस्तै, केन्द्रीय निकाय र केन्द्रीय विभाग समूहको सहजीकरण अमृत बोहरा र पुष्प कँडेलले गर्ने जनाइएको छ। अध्यक्षता भानु ढकालले गर्नेछन्।

शुक्रबारकै कार्यसूचीमा रहेको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग र सल्लाहकार परिषद्को प्रतिवेदनलाई पनि आजैको पूर्ण सत्रमा प्रस्तुत गरिनेछ। ती प्रतिवेदनलाई समूहगत छलफल गरिरहनु नपर्ने भएकाले पूर्ण सत्रमा प्रस्तुत गर्न लागिएको एमाले सचिव प्रदीपकुमार ज्ञवालीले बताए।

सम्बन्धित खबरहरु