काठमाडौँ – नेकपा (एमाले) सचिव प्रदीपकुमार ज्ञवालीले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई वैध मान्न नसक्ने बताएका छन् ।

शुक्रबार एमालेको विधान महाधिवेशनको उद्घाटन सत्रपछि गोदावरीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमाले विभाजन र नेकपा समाजवादीको गठन विधिसम्मत नभएको र कानुनको बलमिच्चाइले भएकाले समाजवादी पार्टीलाई वैध मान्न नसक्ने बताएका हुन् ।

उनले पार्टी विभाजनका विषयमा कानुनी प्रतिवाद गरिरहेकाले त्यसको निर्णय नआउदासम्म समाजवादी पार्टीलाई वैध मान्न नसक्ने बताए ।

त्यस्तै, उनले संसद्को गतिरोधका विषयमा प्रधानमन्त्री र सभामुखसँग छलफल गर्न एमाले तयार रहेको उल्लेख गरे। ज्ञवालीले सत्ता पक्ष र प्रतिपक्षीबीच न्यूनतम समझदारी हुनुपर्ने भए पनि सत्तापक्षले तत्परता नदेखाएको आरोप लगाए ।

एमाले विभाजनका लागि सभामुखले भूमिका खेलेको भन्दै एमालेले संघीय संसद्को दुवै सदनमा लगातार विरोध गर्दै आएको छ ।

सम्बन्धित खबरहरु