काठमाडौँ – पछिल्लो २४ घन्टामा ८६७ जना कोरोना संक्रमित थपिएका छन् भने ९ जनाको मृत्यु भएको छ ।

देशभर पछिल्लो २४ घन्टामा ५ हजार ५९८ आरटी पिसिआर र २ हजार ६२१ एन्टिजेन गरी कुल ८ हजार २१९ जनामा परीक्षण गरिएकोमा ८६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर १७ हजार ६४२ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १६ हजार ३७१ जना होम आइसोलेसनमा, १ हजार २७१ संस्थागत आइसोलेसनमा र २३९ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतालको आइसियूमा ३५० जना र भेन्टिलेटरमा ११२ जना उपचाररत छन् ।

मन्त्रालयकाअनुसार शनिबार देशभरबाट १ हजार १२३ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ६७ हजार ८१९ पुगेको छ । निको हुने दर ९६.४ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ९ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको छ ।

सम्बन्धित खबरहरु