अधिवेशनमा धाँधली भएको भन्दै त्यहाँ अनशनरत नेता/कार्यकर्तालाई ‘न्याय दिलाएरै छाड्न’ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूह आज (आइतबार) सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा जाँदै छ।

पार्टीको क्रियाशील सदस्यता वितरणमा भएको अनियमितताविरुद्ध अनशनरत डडेल्धुरा कांग्रेसका नेता/कार्यकर्तालाई साथ दिन डा. शेखर कोइरालासहितका नेता डडेल्धुरा जाने भएका हुन्। ​

डा. कोइरालाको नेतृत्वमा नेताहरू अर्जुननरसिंह केसी, गुरुराज घिमिरे, नेविसंघका पूर्वकेन्द्रीय अध्यक्ष केशव सिंह र राजनीतिक विश्लेषक पुरञ्जन आचार्य डडेल्धुरा जानेछन्।

डा. कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियाका अनुसार उनीहरू आज काठमाडौंबाट हवाईमार्ग हुँदै धनगढी पुग्नेछन् र त्यहाँबाट सडकमार्गबाट डडेल्धुरा जानेछन्।

यस विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी गरेको विज्ञप्ति–

सम्बन्धित खबरहरु