काठमाडौँ – सरकारले ११ जिल्लामा प्रमुख जिल्ला अधिकारीको काज सरुवा तथा हेरफेर गरेको छ । गृह मन्त्रालयका केही सहसचिवलाई प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ भने केही प्रमुख जिल्ला अधिकारीलाई मन्त्रालयमा तानिएको छ ।

प्रधानमन्त्रीको गृह जिल्ला डडेलधुरामा मोहनराज जोशीलाई पठाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा सहसचिव जयनारायण आचार्यलाई सरुवा गरिएको छ ।

भोजपुरको सिडिओमा मन्त्रालयका सहसचिव कमलराज ढकाललाई पठाइएको छ । लमजुङमा सुशील वैद्य, डोटीमा शंकरबहादुर विष्ट, मुगुमा रोमबहादुर महत, मनाङमा रविन्द्र आचार्य र म्याग्दीमा चिरञ्जिवी रानालाई सरुवा गरिएको छ ।

नमराज जैसीलाई रसुवा र अनोज घिमिरेलाई तेह्रथुमको प्रजिअको जिम्मेवारी दिइएको छ । त्यस्तै महत्तोरीमा बासु दाहालको सरुवा भएको गृहमन्त्रालयका उपसचिव दीलकुमार तामाङले जानकारी दिए ।

सम्बन्धित खबरहरु