नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५१ प्रतिशत नेपाली  जनता एमालेको पक्षमा पुर्‍याउने बताएका छन् । आइतबार विधान महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई कमजोर पार्न खोजिए पनि एमालेप्रतिको आकर्षण बढेको बढ्यै रहेकाले अव ५१ प्रतिशत नेपाली एमालेको पक्षमा पुर्‍याउन प्रयास गर्न निर्देशन दिए ।

‘झन् भ्रममा पार्न खोज्छन् एमालेमा ओइरो लाग्छ । कम्तीमा ५१ प्रतिशत नेपाली एमालेको पक्षमा पार्न सम्भव छ’, अध्यक्ष ओलीको भनाइ छ । उनले माधव नेपालप्रति लक्षित गर्दै यो पार्टी काम लाग्दैन भनेर केही मान्छेले निर्वाचन आयोगमा गएर दर्ता गरिखेलेको बताए ।

उनले एमालेलाई कमजोर बनाउन खोजे पनि त्यो सम्भव नहुने बताए । निर्वाचनमा त्यस्ता पार्टी धेरै रहेको भन्दै अरू दर्ता गर्ने सिलसिला पनि चलिरहेको बताए । ‘यो पार्टीले देशलाई कहाँबाट कहाँ पुर्‍यायो भने देख्दादेख्दै । गाईको पुच्छर समातेर बैतर्नी तर्न खोज्छन् भन्ने सुनेको थिएँ, अहिले त्यही खेल भएको छ, अन्योलमा पर्न जरुरी छैन ।

कतिपय भ्रममा परेका, तानेर लगेका अलमलिएका साथीहरूलाई केन्द्रदेखि स्थानीय तहसम्म प्रयास गर्न आग्रह गर्दछु । आज भर्खर मात्र सयौँ पुराना कार्यकर्ता एमालेमा फर्कनुभएको छ’, ओलीको भनाइ छ ।

सम्बन्धित खबरहरु