नेकपा (एकीकृत समाजवादी) पार्टी नेपालका अध्यक्ष माधवकुमार नेपाल पाँच दिन लामो उपचारपछि घर फर्किएका छन्।

असोज १३ गते बेलुकी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएका अध्यक्ष नेपाल साेमबार बिहान डिस्चार्ज भएका हुन्।

नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार चिकित्सकहरुले अझै केही दिन घरमै आराम गर्न सल्लाह दिएका छन्।

‘पूर्वप्रधानमन्त्री नेपाल स्वास्थ्यलाभ गरी आज घर फर्किनुभएको छ’, गौतमले भनेका छन्, ‘स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाह अनुसार केही दिन घरमै आराम गर्नुहुनेछ।’

अध्यक्ष ता नेपाल ज्वरो, बान्ता आउने, पेटमा गडबडी र छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए।

त्यहाँ पाँच दिनसम्म चलेको उपचारपछि ‘इलेक्ट्रोलाइट सोडियम लेभल’ मा सुधार, शरीरको तापक्रम, रक्तचाप सामान्य अवस्थामा फर्किएको छ। उनमा सिजनल भाइरल फिभरसम्बन्धी समस्या पनि देखिएको थयो।

सम्बन्धित खबरहरु