काठमाडौँ। विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्काशनको घोषणा गरेको छ । अध्यक्ष रवीन्द्र मिश्रले पार्टीलाई गम्भीर क्षति पुर्याउने गरी गतिविधि गरेको आरोप लगाउँदै पाण्डेलाई निष्काशनको घोषणा गरेका हुन् ।
यसअघि मिश्रले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए , त्यसको जवाफ पनि चित्तबुझ्दो नआएपछि मिश्रले पाण्डेलाई निष्काशन गरेको पत्रमा उल्लेख छ । उनलाई मंगलबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरेको हो ।
