काठमाडौँ – नेपालमा थप ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह- प्रवक्ताका अनुसार हालसम्म संक्रमित हुनेको संख्या २४७५९३ पुगेको छ।

पछिल्लो अपडेट अनुसार ११६७३ जना सक्रिय संक्रमित पुगेका छन्।

त्यस्तै आजै थप १३५९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यो संगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या २३४२३१ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

सम्बन्धित खबरहरु