हरितालिका तिजको अवसरमा महिला उद्यमीहरुलाई प्रोत्साहन गर्नका लागि सिर्जनशील उद्यमी मेला २०८१ आजदेखि सुरु भएको छ ।
सिर्जनशील उद्यमी महिला केन्द्रद्वारा बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटको परिसरमा आयोजित मेलामा घरेलु तथा हस्तकलाका सामाग्री, कृषि उत्पादन, लत्ताकपडा, शृङ्गारका सामग्रीहरु बिक्रीका लागि प्रदर्शनीमा राखिएका छन्।
बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले मेला उद्घाटनका क्रममा मुलुकमा आयात न्यूनीकरण गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि यस किसिमका मेलाले मद्दत पुग्ने बताउनुभयो। महिला उद्यमीलाई प्रोत्साहन गर्नका लागि पनि हस्तकला तथा घरेलु उद्योगबाट उत्पादिन सामाग्रीलाई ब्रान्डिग गर्नका लागि यस्ता मेला आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । स्वदेशी उत्पादनलाई स्वदेशमै खपत गर्नसकेमा त्यसले पूँजी परिचालनको वातावरण बनाउन सहयोग पुग्ने बताउँदै मन्त्री खड्कीले सामाजिक रुपान्तरणमा समेत यसले मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
केन्द्रका अध्यक्ष मिलु थापाले महिला वर्गलाई व्यावसायिक सीपको विकास गर्न सकेमा उनीहरूको परिवारको सामाजिक तथा आर्थिक रुपान्तरण हुने बताउँदै स्वदेशी उत्पादनलाई बढावा दिन प्रदर्शनी गरिएको जानकारी दिनुभयो। श्रृजनशील महिलाहरूलाई सीप र दक्षताको अभिवृद्धि गराई उद्यमशील तथा स्वरोजगारतर्फ प्रेरित गर्दै आर्थिक रुपमा सबल बनाई सफल उद्यमी बनाउने लक्ष्यका साथ विगत २१ वर्षदेखि श्रृजनशील उद्यमी मेलाको आयोजना हुँदै आएको थापाले बताउनुभयो। महिलाले उत्पादन गरेका सामाग्रीलाई प्रचार प्रसार तथा ब्रान्डिग गरी बजारीकरण गर्न यस मेला महत्त्वपूर्ण हुने आयोजकको दाबी छ ।
भदौ ७ देखि ९ गतेसम्म अर्थात् शुक्रबारदेखि आइतबारसम्म चल्ने उक्त वृहत् मेलामा ८० भन्दा बढी स्टलहरु रहेका छन् भने र १० हजारभन्दा बढीले मेलाका्े अवलोकन गर्ने अपेक्षा लिईएको छ ।