बहुचर्चित गायिका विष्णु माझीको नयाँ तीज गीत ‘आइन आमा यो तीजमा’ १ दिन मै सबैभन्दा धेरै हेरिने नेपाली गीत बनेको छ । एकैदिनमा यो गीतलाई १५ लाख बढी पटक हेरिएको छ ।
यो समाचार तयार पार्दासम्म १ः३० बजेसम्म गीतलाई १८ लाख बढी पटक हेरिएको छ भने १५ हजार बढिले सकारात्मक कमेन्ट गरेका छन्। यहि ट्रेन्ड रहे, केहि दिन मै करोड बढी भ्यूज पाउने पक्का छ ।
यस गीतमा गायिका माझीका श्रीमान सुन्दरमणी अधिकारीको शब्द तथा संगीत छ भने आशिष अविरलको एरेन्ज छ । भिडियोमा ललिता पौडेल फिचर्ड छिन् ।
उनको अघिल्लो गीत ‘चरी जेलैमा’ले दुई सातामा १ करोड भ्यूज प्राप्त गरेको थियो । यस गीतको लोकप्रियता अहिले पनि उत्तिकै छ र हालसम्म यस गीतले ५ करोड बढी भ्यूज पाईसकेको छ ।