सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसीलाई नियुक्त गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस भएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार डिसीसँगै, दीपा पाण्डे र राजेश थापाको नाम सिफारिस भएको थियो । सिफारिस भएका ३ जनासँगै मानन्धर, प्रकाश भट्टराई र अर्जुनकुमार डंगोल सहित ६ जनाको आवेदन स्वीकृत भएको थियो । चलचित्र बोर्डको अध्यक्षका लागि अभिनेत्री करिश्मा मानन्धरले पनि आवेदन दिएकोमा प्रस्तुतीको आधारमा ३ जनाको सर्टलिस्टमा पर्न नसकेको जनाईएको छ ।

सम्बन्धित खबरहरु