प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलोपटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गर्नुभएको छ । विश्वविद्यालयको २९ औँ दीक्षान्त अघि सो ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ भएको हो ।

कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याईएको हो । प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जनमा कमी भई प्रदूषण कम गर्न सहयोग हुने बताउनुभयो ।

२०१८/१९मा आफू प्रधानमन्त्री भएको बेलामा ग्रीन हाइड्रोजन, हावाबाट बिजुली निकाल्ने कुरा लगायतका विषयको कल्पना तथा अध्ययन गरेको बताउँदै प्रधानमन्त्री ओलीले स्टेशनको अवलोकन गर्दै भन्नुभयो ‘मैले त्यति बेला बोलेको कुरा आज काठमाडौं विश्वविद्यालयले सुरु गरेको छ, निकै नै राम्रो कामको सुरुवात भएको छ, काठमाडौं विश्वविद्यालयसँग-सँगै अब अरुले पनि यस प्रकारका कार्य गर्न अघि सर्नुपर्छ ।’

सम्बन्धित खबरहरु