नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानी करिब तीन खर्ब रुपियाँ पुग्न लागेको छ । आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा नेपालमा दुई खर्ब ९५ अर्ब ५० करोड रुपियाँ कुल प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको हो ।
नेपाल राष्ट्र बैङ्क अन्तर्गतको आर्थिक अनुसन्धान विभागले शुक्रबार सार्वजनिक गरेको ‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७९/८०’ अनुसार कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजी ५२.८ प्रतिशत, सञ्चिती ३३.७ प्रतिशत र कर्जाको अंश १३.५ प्रतिशत रहेको छ । प्रतिवेदन अनुसार नेपालमा ५८ देशबाट प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।