काठमाडौँ, भदौ ३१ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले घर जग्गा व्यवसायीलाई उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिन आग्रह गर्नुभएको छ।

नेपाल जग्गा तथा आवास विकास महासङ्घले आईतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ज्ञापनपत्र बुझाएपश्चात प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन निर्यात गर्न सकिने गरी उत्पादनमूलक काममा लाग्नुपर्नेमा विशेष जोड दिनुभयो।

बसोबासका लागि आवश्यक हुने घर जग्गाको कारोबार नियमितरुपमा हुने भएतापनि धेरै लगानी गरेर लामो सयम खाली हुने अपार्टमेन्ट सहरमा देखिने स्थिति भएकाले तत्काल प्रतिफल नदिने उहाँले बताउँनुभयो । उहाँले यस व्यवसायलाई व्यवस्थित बनाउन र जनताको विकाससँग जोडिएका विषयमा कानुनी एवं आवश्यक सुधारका लागि सरकारले पहल गर्ने विश्वास व्यक्त गर्नुभयो।

स्रोत:प्रधानमन्त्रीको निजी सचिवालय

सम्बन्धित खबरहरु