सुनचाँदी व्यवसायीहरुले आगामी आर्थिक वर्षको बजेटमा समेटिएका अव्यवहारिक कर नीतिको विरोधमा सुनचाँदी व्यवसायीहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।
मंगलबार नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन्।
व्यवसायीहरूले सुनचाँदी, हिरा, जवाहरत्न तथा हस्तकलाका सामग्रीहरूमा लगाइएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) ले व्यवसाय मात्र होइन, आम उपभोक्तालाई समेत प्रत्यक्ष असर गर्ने भन्दै विरोध जनाएका छन्।
सरकारले व्यवसायीहरूको जायज माग बेवास्ता गरे साउन १ गतेदेखि देशभरका सम्पूर्ण सुनचाँदी पसलहरू अनिश्चितकालका लागि बन्द गर्ने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले संयुक्त रूपमा जारी प्रेस विज्ञप्ति:

