नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रहरी सेवाबाट बाहिरिएको पुष्टि भएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएका हुन्। प्रहरी सहायक हवल्दारको पदमा कार्यरत ऐरीको राजीनामा केही महिनाअघि पेश गरिएको थियो, जुन हालै स्वीकृत भएको छ।

प्रहरी स्रोतका अनुसार ऐरीले राजीनामामा व्यक्तिगत/घरायसी कारण उल्लेख गरेका छन्।

सम्बन्धित खबरहरु