काठमाडौँ । मधेश प्रदेशबाट उदाएका र काठमाडौँमा बसेर आफ्नो कर्मका माध्यमबाट प्रदेशको गौरव बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कलाकार तथा सञ्चारकर्मीहरू सम्मानित भएका छन्।

उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, मधेश प्रदेशले आयोजना गरेको विशेष कार्यक्रममा पर्यटनमन्त्री ई.बसन्त कुशवाहले उहाँहरूलाई सम्मानपत्र सहित सम्मान गर्नुभएको हो।

सम्मानित व्यक्तित्वहरूमा प्रिजेन्टेटर एसोसिएसनका अध्यक्ष विवेक खतिवडा, हास्य कलाकार सन्दीप क्षेत्री, नन्दु श्रीवास्तव, रविन्द्र झा, सञ्चारकर्मी प्रतिमा चौधरी, गायक शिव परियार, कमल खत्री, अभिनेता विजय वराल, परदेशी शाह, अभिनेत्री पूजा ठाकूर, रंगकर्मी सरिता साह, निर्देशक रमण बस्नेत लगायत रहेका छन्।

कार्यक्रममा मन्त्री कुशवाहाले मधेश प्रदेशको सांस्कृतिक तथा पर्यटकीय धरोहरलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउन सम्मानित कलाकार तथा संचारकर्मीहरुले पुर्‍याएको योगदानको खुलेर प्रशंसा गर्नुभयो। कलाकार तथा संचारकर्मीहरुले मधेशको सांस्कृतिक पहिचान र गौरवलाई उजागर गर्न योगदान पुर्‍याएकोमा गर्व महसुस गरेको बताउँदै उहाँहरूको प्रयासले प्रदेशको पर्यटन विकासलाई नयाँ उचाइमा पुर्‍याउनेमा आफू विश्वस्त भएको बताउनुभयो ।

सोही अवसरमा मधेश प्रदेशको पर्यटन प्रवर्द्धन र सम्भावनाको विषयमा छलफल समेत गरिएको थियो।

सम्बन्धित खबरहरु