११ असोज, काठमाडौं । विश्व पर्यटन दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह नेपालले फोटो प्रदर्शनीको आयोजना गरेको छ । इन्द्रजात्राको दौरान खिचिएका तस्बिरलाई संकलन गरेर इन्द्रजात्रा विशेष फोटो प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा इन्द्रजात्राको अवसर खिचिएका तस्बिर राखिएको छ । पुराना तथा हालका जिवितदेवी कुमारी, भैरब र गणेशदेखि लाखे पुलिकिसीलगायत जात्रामा गरिने हरेक गतिविधिका तस्बिरलाई महत्वका साथ राखिएको छ । तीन दिनसम्म चल्ने प्रदर्शनीमा विदेशी पर्यटक तथा आन्तरिक पर्यटकले नेपाल आर्ट काउन्सिल र काठमाडौं महानगरपालिकाको सहकार्य रहेको प्रदर्शनीमा २० फोटोग्राफरका ९० तस्बिर समावेश छ ।

सम्बन्धित खबरहरु