
काठमाडौमा लगातारको बर्षा पछी हुनसक्ने सम्भावित जोखिमबाट जोगिन महानगरले अनुरोध गरेको छ । महानगरपालिका प्रमुख बालेन साहले आफ्नो फेसबुक पोष्टमार्फत सो अनुरोध गर्नुभएको हो ।
आज बिहान एक पोष्ट गर्दे शाहले, “काठमाडौमा गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ। काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरू सम्भावित जोखिमयुक्त स्थानहरूको अवलोकनमा खटिनु भएको छ । विशेष गरी सोल्टी मोडको पश्चिमतर्फ मनमति खोलाले बाटो भासिएको छ र खोलाले घर नजिक करिब पाँच फिट मात्र दूरी छाडेको छ। अहिले त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा नदी कटान त्यहाँ बोरा र ग्राभेल प्रयोग गरेर रोकथाम गर्ने प्रयास भइरहेको छ। यदि कुनै बस्तीमा डुबानको कारण समस्या भयो भने नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी गरिएको छ। जोखिमयुक्त बस्तीलाई सावधानी अपनाउन अनुरोध गरिएको छ।” भन्नुभएको छ । प्रमुख शाहले हेल्पलाइन नम्बरहरु पनी सार्वजनिक गर्नुभएका छ ।
हेल्पलाइन नम्बरहरूः १६६००१०५५११, ०१५९०१७६४, ०१५९०१७६३(महानगर प्रहरी)