२२ असोज २०८२, काठमाडौ । विश्व बैंकले चालू आर्थिक वर्ष २०८२र८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले हिजो साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष २०८२र८३ मा २ दशमलव १ प्रतिशत र त्यसपछिको वर्ष २०८३र८४ मा ४ दशमलव ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको हो । भर्खरै भएको जेनजी आन्दोलन र त्यसको असरलाई समेत ध्यानमा राख्दै विश्व बैंकले आर्थिक वृद्धिदरको प्रक्षेपण गरेको प्रतिवेदनमा उल्लेख छ ।

विश्व बैंकले यसअघि चालू आर्थिक वर्षमा ५ दशमलव २ र त्यसपछिको वर्षमा ५ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिदर हुने आँकलन गरेको थियो तर पछिल्लो घटनाक्रमपछि बैंकले त्यसलाई घटाएको हो ।

पछिल्ला आन्दोलनलाई विश्व बैंकले शासन प्रणालीप्रतिको असन्तुष्टि र देशभित्र अवसरको अभावका रूपमा अर्थ्याएको छ । देशमा बढेको भष्ट्राचार, व्यावसायिक वातावरण बन्न नसक्दा छिमेकी देशमा जस्तै नेपालमा विकास हुन नसकेको विश्व बैंकको ठहर रहेको छ ।

प्रतिवेदनले विश्वव्यापी आर्थिक सुस्ती, व्यापार नीतिबारे अनिश्चितता, सामाजिक अशान्ति र कृत्रिम बुद्धिमत्ता अर्थात् ९एआई० जस्ता प्रविधिले श्रम बजारमा ल्याउने चुनौतीलाई प्रमुख जोखिमका रूपमा देखाएको छ ।

सम्बन्धित खबरहरु