काठमाडौँ, असोज २६ गते । ट्राफिक प्रहरीमाथि हातपात गर्नेहरूलाई कारबाही गर्ने तयारी गरेको उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज अधिकारीले बताउनु भएको छ । कर्तव्यमा खटिएको ट्राफिकमाथि हातपात गर्ने घटनाक्रम बढिरहेको भन्दै उहांले घटना छानबिन गरी कारबाही गरिने बताउनुभयो ।

सडकमा आफ्नो कर्तव्य निभाउँदै गरेको ट्राफिक प्रहरीमाथि हातपात गर्नु सामान्य विषय नभएको अधिकारीको भनाइ छ । नागरिकको समस्यालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने भएकाले प्रहरीमाथिको अन्यायलाई नजरअन्दाज गर्ने अभ्यास हुँदै आएको प्रवक्ताले बताउनुभयो ।

नागरिककै हितको लागि सडकमा खटिएको प्रहरी आफै असुरक्षित भएको बताउदै अधिकारीले ट्राफिक प्रहरी नागरिकको ‘साथी’ रहेको र सवारी आवागमनलाई सुचारु रूपले सञ्चालन गर्नु उसको जिम्मेवारी भएको उल्लेख गर्दे सवारी ऐन विपरीत चलेका सवारीसाधनहरूलाई कानुन बमोजिम कारबाही गर्नु पनि ट्राफिक प्रहरीको जिम्मेवारी रहेको स्मरण गर्दे ट्राफिक प्रहरीमाथि हातपात गर्नेहरूलाई कारबाही गर्ने बताउनुभयो ।

सम्बन्धित खबरहरु