काठमाडौँ, असोज २७ गते । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले आगामी बुधबारदेखि १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना गर्ने भएको छ ।प्रदर्शनी आगामी असोज २९ देखि कात्तिक २ सम्म ललितपुरको जावलाखेलमा सञ्चालन हुनेछ ।

फ्यानका अनुसार प्रदर्शनीमा ८० वटा व्यावसायिक स्टल, एक प्लान्ट क्लिनिक स्टल, पाँच अफिसियल स्टल, दुई प्रतियोगितात्मक स्टल र दुई फोटो सेल्फी स्टलसहित जम्मा ९० वटा स्टल रहने छन् ।मेलामा ४५० भन्दा बढी प्रकारका फूल र बिरुवा प्रदर्शन गरिनेछ । पाँच दिनसम्म हुने प्रदर्शनीमा करिब ४० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

यस वर्षको प्रदर्शनीबाट करिब एक करोड ३० लाख रुपैयाँ बराबरको व्यावसायिक कारोबार हुने फ्यानको अनुमान छ ।

सम्बन्धित खबरहरु