
काठमाडौं, कात्तिक २ गते। जेनजी युवाहरूप्रति समर्पित गीत ‘युवा तिमीलाई सलाम सार्वजनिक गरिएको छ। गत भदौ २३ गते भएको जेनजी विद्रोहमा ज्यान गुमाएका शहिद युवाहरू सम्झना र सम्मान गर्दै अब युवाहरूले शोकलाई शक्तिमा रूपान्तरण गर्नुपर्ने सन्देश गीतमार्फत दिइएको छ।
साउण्डमिलको प्रस्तुतिमा तयार पारिएको उक्त गीतमा समिक्षा दहाल, प्रोसेस पाण्डे, मृणल मानन्धर, पितु गहतराज, गिदन गुरुङ र राज सायमीको स्वर रहेको छ।
गीतमा हरि लम्सालको संगीत (कम्पोजिसन) रहेको छ भने नरेश प्रधानले शब्दलेखेका हुन्। देवेन्द्र नेवाले संगीत संयोजन (एरेन्जमेन्ट) गरेका छन् भने महेश्वरमान राजभण्डारीले मिक्सिङ र मास्टरिङ गरेका हुन्।
गीतको भिडियोमा गायिका बुनु श्रेष्ठ र शान्ति मगरले अभिनय गरेका छन्।
गीतको भिडियो लिंकः