काठमाडौँ, मङ्सिर २७ गते । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले जितेको छ । त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १९ ओभर १ बलमा ८५ रनमै अलआउट भयो । इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए भने कप्तान दिपेन्द्रसिंह ऐरीले १३ रन जोड्नुभयो । लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक सहित उत्कृष्ट बलिङ गर्दै विपक्षीलाई कम स्कोरमा रोक्नुभयो ।

८६ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाएर पूरा गर्‍यो । दिनेश अधिकारीले ४२ रनको योगदान दिनुभयो भने रोहित पौडेलले १६ रन बनाउनुभयो। यो जितसँगै लुम्बिनीले अघिल्लो सिजन समूह चरणमै बाहिरिएको निराशालार्ई मेटाउँदै पहिलो एनपिएल उपाधि जितेको हो । उता, सुदूरपश्चिम रोयल्स भने लगातार दोस्रो पटक फाइनलमा पराजित भयो ।

तस्वीर स्रोत : लुम्बिनी लायन्सको फेसबुक पेज

सम्बन्धित खबरहरु