काठमाडौँ, पुस ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौँ महानगरका प्रमुख बालेन शाहलगायत पार्टी र व्यक्ति चुनावी सहकार्य गर्न सघन संवादमा जुट्नुभएको छ । शाहका सहयोगी कुमार बेनको घर ललितपुरमा बिहीबार एकपक्षीय र बहुपक्षीय छलफल भएका हुन् । रास्वपा सभापति लामिछाने र काठमाडौँ महानगरप्रमुख शाहबिच सोमबार  राति एकल संवाद भएपछि बिहीबार नयाँ पार्टी र व्यक्तिसँग छलफल भएको नेताले बताएका छन् ।

रास्वपा उपभापति डिपी अर्यालले पार्टी सभापति लामिछाने र काठमाडौँ महानगर मेयर शाहबिच बिहीबार छलफल भएपछि अन्य पार्टीका नेतासँग संवाद भएको जानकारी दिनुभयो ।  उपभापति अर्यालले आगामी चुनावमा सकेसम्म नयाँ र वैकिल्पक शक्ति एक ठाउँमा ल्याउन प्रयत्न जारी राखिने दाबी गर्नुभयो ।

यस्तै महानगर प्रमुख शाहले सल्लाह सुझावका लागि भन्दै प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई समेत छलफलका लागि बोलाएको प्रलोपाकी नेता मानुषी यमी भट्टराईले जानकारी दिनुभयो । महानगर प्रमुख शाहले बाबुरामलाई समेत एउटै पार्टीमा जोडिएर आउन आग्रह गरेको उहाँले बताउनुभयो ।

लामिछाने र शाह संवाद भएपछि रास्वपाका नेता शिशिर खनाल, नेपाली कांग्रेस छोड्नुभएका पूर्वसांसद अमरेशकुमार सिंहसमेत उक्त संवादमा पुग्नुभएको थियो । यस्तै नेपाली कांग्रेसकै पूर्वसांसद सुनिल शर्मा उक्त संवादमा जोडिनुभएको थियो ।

सम्बन्धित खबरहरु