काठमाडौँ, फागुन २१ । प्रतिनिधिसभा सदस्य निर्वाचन आज सम्पन्न भएसँगै विभिन्न स्थानमा मतगणनाको तयारी तीव्र पारिएको छ। निर्वाचन आयोगका अनुसार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा छुट्टाछुट्टै स्थानमा मतगणना गरिनेछ।

काठमाडौँ क्षेत्र नं. १ को मतगणना सहकारी विभागमा हुने जनाइएको छ। त्यसैगरी क्षेत्र नं. २ को मतगणना कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयमा तथा क्षेत्र नं. ३ को मतगणना चामुण्डा माध्यमिक विद्यालय, नारायणटारमा गरिनेछ। क्षेत्र नं. ४ को मतगणना बूढानीलकण्ठ नगरपालिकाको कार्यालयमा र क्षेत्र नं. ५ को मतगणना टोखा नगरपालिका -५ स्थित श्री समाज भवनमा हुने तय गरिएको छ।

त्यसैगरी क्षेत्र नं. ६ को मतगणना तार्केश्वर नगरपालिका, धर्मस्थलीमा गरिनेछ भने क्षेत्र नं. ७ को मतगणना जुडो हल, नयाँबजारमा हुने जनाइएको छ। क्षेत्र नं. ८ को मतगणना जनउद्धार माध्यमिक विद्यालय, हरिसिद्धीमा तथा क्षेत्र नं.९ को मतगणना चन्द्रागिरि नगरपालिका, बलम्बुमा हुनेछ। यस्तै, काठमाडौँ क्षेत्र नं. १० को मतगणना त्रिभुवन विश्वविद्यालयको स्मृति भवन, कीर्तिपुरमा हुने निर्वाचन आयोगले जनाएको छ।

सम्बन्धित खबरहरु