काठमाडौँ, फागुन २२ गते । काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रन्जु दर्शना १५ हजार ४५५ मतसहित विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै नेकपा (एमाले) का मोहनराज रेग्मीले १ हजार ६१८ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रविन्द्र मिश्रले ३ हजार ९७२ मत पाएका छन् । यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की मेनुका भण्डारीले ३४५ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

सम्बन्धित खबरहरु