मुस्ताङ, फागुन २२ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली ले स्पष्ट जित हासिल गरेका छन्। उहाँले ३,३०७ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार ईन्द्रधार ढाडु विष्ट लाई १,५०४ मतान्तरले पछि पार्न सफल हुनुभयो। विष्टले १,८०३ मत प्राप्त गर्नुभयो।
अन्य उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका अधितीयचन्द्र थकालीले ७५९, राष्ट्रिय प्रजातन्त्र पार्टीका कमला लालचनले १६१, नेपाली कम्युनिष्ट पार्टीका ङुटुक गुरुङ (टाइगर) ले १५१, उज्यालो नेपाल पार्टीका डा. सुरेन्द्र शेरचनले ८५, आम जनता पार्टीका अजय विकले ९ तथा मङ्गोल नेशनल अर्गानाइजेशनका यमबहादुर गुरुङले ३ मत प्राप्त गरेका छन् ।
मुस्ताङका पाँच स्थानीय तहका ३९ मतदान केन्द्रमा ११,३२८ मतदातामध्ये ६,२९८ मत खसेको थियो, जसमध्ये १०७ मत बदर भएका छन्। पर्यटन र होटेल व्यवसायबाट राजनीतिमा सक्रिय गौचन थकाली अघिल्लो २०७९ को निर्वाचनमा पनि मुस्ताङबाट प्रत्यक्ष निर्वाचित सांसद रहिसक्नु भएको छ।