रुकुमपूर्व, फागुन २२ गते । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वको एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पुष्पकमल दाहाल भारी मतान्तरले विजयी हुनुभएको छ ।
शुक्रबार बिहानदेखि सुरु भएको प्रत्यक्षतर्फको मतगणना अनुसार पुष्पकमल दाहालले १० हजार २ सय ४० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी लीलामणि गौतमले ३ हजार ४ सय ६२ मत प्राप्त गर्नुभएको छ । यससँगै प्रचण्ड ६ हजार ७ सय ७८ मतान्तरले विजयी हुनुभएको हो । जिल्लामा कुल ३४ हजार ७ सय ७२ मतदाता रहेकामा १९ हजार १ सय ८८ मत खसेको थियो । अन्य उम्मेदवारतर्फ सुकुस थापाले ३ हजार ८१ मत, लखन थापाले ८ सय १९ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी रोशन शाहले ८२ मत, चन्द्रविक्रम शाहीले ३२ मत, सन्दिप पुनले २ सय ३ मत, ज्योती रोकाले ५५ मत, धर्मकुमार बुढाले ५१ मत, जुद्धबहादुर बुढाले १ सय ९१ मत र सिरबहादुर बुढाले ३० मत प्राप्त गर्नुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अब समानुपातिकतर्फको मतगणना सुरु गरिनेछ ।